हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीद्वारा इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा डिआइजी रेग्मी र एसपी खत्रीले कार्यालयको ब्यारेक भवन, प्रहरी हिरासत कक्ष, विभिन्न शाखाहरू, मेश तथा समग्र कार्यालय व्यवस्थापनको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनीहरूले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र जनमुखी बनाउन आवश्यक सुझाव तथा निर्देशन दिएका थिए ।

Nepal Telecome

कार्यक्रममा प्रहरी कर्मचारीहरूको उपस्थितिमा विभागीय नीति, कार्यसम्पादनको गुणस्तर, सङ्गठनात्मक अनुशासन तथा नागरिकमैत्री सेवाको महत्वबारे विस्तृत रूपमा सम्बोधन गरिएको थियो । साथै, शान्ति–सुरक्षा व्यवस्थापनमा थप सक्रियता र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्रीका अनुसार निरीक्षण तथा सम्बोधन कार्यक्रमले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।