पोखरा । कास्की जिल्ला अदालतले पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ ।

Nepal Telecome

त्यस्तै, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
यसैगरी, प्रतिवादीहरू निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद तथा २६ लाख २३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको शाखा अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

यस प्रकरणमा जरिवानासहित १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले फैसला गरेको हो । यद्यपि, फैसलाको पूर्णपाठ आउन बाँकी रहेको अदालतले जनाएको छ ।
सहकारीका बचतकर्ताहरूले संस्थापक अध्यक्ष नेपालीसहित १५ जनाविरुद्ध दायर गरेको अभियोगमाथि सुनुवाइ गर्दै अदालतले उक्त फैसला सुनाएको हो ।