" /> कोरोना भाइरस फैलिएको भन्दै अडियो क्लिपमार्फत अफवाह फैलाउने पक्राउ – News of Global

News of Global शनिबार, चैत्र ०८, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवक थापा मगर रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले राजधानीको एक अस्पतालमा कोरोना संक्रमितको मृत्यु भइसकेको तर यसबारे सरकारले सूचना लुकाएको आफूले जानकारी पाएको अफबाह फैलाएका थिए ।

अफबाहपूर्ण सो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा एक जनामा पनि देखिएको छैन । तर, सरकारले संक्रमण भित्रन सक्ने भन्दै उच्च सावधानी अपनाएको छ।

शुक्रबारमात्रै देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दूरीको यातायात बन्द गर्नेदेखि ९ गतेदेखि अन्तराष्ट्रिय उडान स्थगन र अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् ।
यस्तै २५ जना भन्दा बढी भेला हुन रोक लगाइनुका साथै सभा सम्मेलन नगर्न पनि सरकारले भनिसकेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]