" /> Main News – Page 38 – News of Global
भोलिबाट आन्तरिक उडान बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतसँगको हवाई सेवा पनि केही समयका लागि बन्द गर्ने निर्णय गरिएको छ। यस्तै, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको एक मन्त्रीले […]

पर्यटन मन्त्री ढकाल र खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ । ‘विहान स्वाब दिएको हो । दुवै जनाको रिपोर्ट पोजिटिभ आएको छ’, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले बताए । मन्त्री ढकालको स्वास्थ्य अवस्था भने […]

आइतबारबाट उपत्यकामा निषेधाज्ञामा कडाई

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ । शनिवार काठमाडौंका सडकमा […]

झलनाथ खनाल र मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। कोरोना भाइरसको संक्रमण भएपछि खनाललाई शनिबार नर्भिक अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। नर्भिकमा भर्ना गर्नुअघि उनलाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएका कारण उनलाई नर्भिक अस्पताल लगिएको स्रोतको भनाइ छ। यस्तै एमाले […]

२४ घन्टामा ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता शनिबार हालसम्मकै धेरै जना ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार पनि ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एन्टिजेन विधिबाट ५६६ […]

धमलाको संयोजकत्वमा विप्लवको पार्टी फुट्यो

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार […]

कोरोनाबाट ३६ जनाको मृत्यु, ४,९२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको […]

लुम्बिनी प्रदेशमा सपथ लिएका जसपाका चार सांसदको पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित […]

निषेधाज्ञामा के–के संचालन हुनेछन् ? उल्लंघन गरे के–के हुन्छ ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]