" /> Main News – Page 38 – News of Global
२४ घण्टामा १९६ जनाको मृत्यु, ८२०३ जनामा संक्रमण, ६८९१ जनाले कोरोना जिते

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ […]

भारतले बनायो कोरोना भाइरसको औषधी

काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको ‍औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २–डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको […]

२४ घण्टामा १४५ जनाको मृत्यु, ७ हजार ३६८ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय […]

वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको निधन

काठमाडौं । गीतकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो। हिजो दिउँसो अक्सिजनको कमी भएपछि उहाँलाई इमर्जेन्सीमा लगिएको थियो। आज बिहान १०ः२५ मा उहाँ निधन भएको थियो । दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उनको […]

उपेन्द्र यादवले बोलाए आफूनिकटको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन् । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ । जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही […]

नेपाल एयरलाइन्सको विमान अक्सिजन सिलिन्डर लिन ओमन उड्यो

काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६स्४० मा […]

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो । नेपालको लोकतान्त्रिक […]

कुन अस्पताललाई कति कोटा अक्सिजन ? यस्तो छ तालिका !

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यका र काभ्रेका कोभिड अस्पताल एवं आइसोलेसन केन्द्रका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको छ । बुधबारबाट लागू भएको उक्त कोटाअनुसार उपत्यकाका ८ वटा अक्सिजन उद्योगले १११ अस्पताल तथा आइसोलेसन सेन्टरका लागि ७ हजार ४७३ वटा ठूलो सिलिण्डर अक्सिजन आपूर्ति गर्नुपर्नेछ । अस्पताल तथा […]

प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रन प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आह्वान गरेका छन् । इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको समेत उल्लेख गरेका छन् । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]