काठमाडौं । नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले विश्वप्रसिद्ध आध्यात्मिक गुरु दलाई लामासँग भेटघाट गरेका छन् । उनलाई लामासँग भेट गरी आशिर्वाद समेत लिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत चौधरीले उक्त भेटलाई “शान्ति, ज्ञान र प्रेरणाले भरिएको विशेष क्षण” भन्दै उल्लेख गरेका छन्।

विश्वभर शान्ति, सहिष्णुता र मानवताको सन्देश दिने आध्यात्मिक नेता दलाई लामासँगको भेटलाई धेरैले सकारात्मक र प्रेरणादायी क्षणका रूपमा लिएको बताएका छन्। दलाइ लामा फ्रि तिब्बत अभियानका धार्मिक गुरु हुन् भने उनी भारतमा निर्वासन जीवन बिताइरहेका छन् । दलाइ लामा अलास्कादेखि दक्षिण अफ्रिकासम्म अनि जापानदेखि अष्ट्रेलियासम्म, समग्र विश्वमा बस्ने मानव जातिका आदर पुरुष हुन् र विश्वमा छरिएर रहेका वुद्ध धर्मावलम्वीहरुका धर्म गुरु हुन् ।