तस्विरहरु, सक्षम घिमिरे/नेपाल न्यूज बैंक
काठमाडौंको वसन्तपुर क्षेत्रमा अवस्थित कालभैरव मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण परम्परागत मन्दिर हो । विशेष गरी शनिबार र पर्व-उत्सवका अवसरमा कालभैरव मन्दिरमा भीड बढ्ने गर्दछ । कालभैरव मन्दिर वरपर वसन्तपुर दरबार क्षेत्रमा रहेका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ ।
यहाँ हनुमान ढोका दरबार, तलेजु भवानी मन्दिर लगायतका महत्त्वपूर्ण मन्दिर तथा दरबारहरू अवस्थित छन् । स्थानीय र विदेशी पर्यटकका लागि वसन्तपुर क्षेत्र एक प्रमुख आकर्षणको केन्द्र बनेको छ ।