" />
वृद्धवृद्धा वर्तमान पुस्ताका लागि बोझ होइन, महत्त्वपूर्ण सम्पत्ति हुने भएकाले ज्येष्ठ नागरिकको संरक्षण गर्ने दायित्व वर्तमान पुस्ताको हुने देखियो,ु फैसलामा भनिएको छ, ुआजका वृद्धवृद्धा आफू युवा अवस्थामा हुँदा बाल्य अवस्थामा रहेका आजका युवा पुस्ताको संरक्षण, पालनपोषण, रेखदेख, शिक्षा(दीक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुँदा उनीहरूको वृद्ध अवस्थामा शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेका अहिलेका युवा पुस्ताले पनि यी वृद्धवृद्धाको संरक्षण रेखदेख हेरचाह गर्नुपर्ने नैतिक एवं सामाजिक दायित्व हुन आउँछ।ु यसरी परित्याग गर्दा वृद्ध व्यक्ति मरेमा कसुरदारलाई सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिवाना हुनेछ। सर्वोच्च अदालतले पनि वृद्धवृद्धालाई सम्मानजनक व्यवहार गर्नुपर्ने आफ्ना विभिन्न आदेशमा उल्लेख गरेको छ। २०७५ साल अघिसम्म आमाबाबुलाई हेर्ने जिम्मेवारी छोराको मात्र भएको कानुनी व्यवस्था थियो। २०७५ सालमा लागू भएको नयाँ मुलुकी संहिताले छोरीले पनि बाबुआमाको जिम्मेवारी उठाउनुपर्ने व्यवस्था गरेको छ। वृद्ध भएका आमाबाबु जोसँग बस्न चाह्यो, उसैले राख्न पर्ने व्यवस्था पनि मुलुकी संहितामा छ। परिवारका सदस्यले हेरचाह नगरे ज्येष्ठ नागरिकले उजुरी दिनसक्ने व्यवस्था यो कानुनमा छ। सो उजुरीमाथि वडा अध्यक्ष र गाउँरनगरपालिका प्रमुखले आवश्यक जाँचबुझ गर्ने र ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नू भन्दै लिखित आदेश गर्न सक्ने छ। बाबुआमाको सम्पत्ति बदनियतपूर्वक हडप्ने मात्र होइन, उनीहरूलाई पालनपोषण नगर्ने छोराछोरीलाई सजाय हुन्छ। उचित पालनपोषण नगरेमा स्थानीय तहले दिने सिफारिस पाइने छैन भने परित्याग गरेमा कैदसम्म हुने कानुनी व्यवस्था छ। ज्येष्ठ नागरिक ऐन र मुलुकी अपराध संहिताले यस्ता व्यवस्थाहरू गरेका छन्।
ज्येष्ठ नागरिक ऐनले उनीहरूको हकको सुरक्षाका लागि पाँच प्रबन्ध गरेको छ।
पहिलो, ज्येष्ठ नागरिकहरूको पालनपोषण र हेरचाह परिवारको प्रत्येक सदस्यले गर्नुपर्ने छ।
दोस्रो, अंश लिई परिवारबाट अलग बसेका बाहेक वृद्धवृद्धा आफूले चाहेका परिवारका सदस्यसँग बस्न पाउने छन्।