" /> ऋणीलाई खुशीको खबर, २७ वटा बैंकले घटायो ब्याजदर – News of Global

न्यूज अफ ग्लोबल आइतबार, जेठ ११, २०७७

काठमाडौं । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको तुलनामा तेस्रो त्रैमास अर्थात ९ महिनामा बैंकहरुले बेस रेट घटाएका हुन् । पुस मसान्तसम्म ९.४९ प्रतिशत रहेको बेस रेट चैत मसान्तसम्म आइपुग्दा ०.१२ प्रतिशतले घटेर ९.३७ प्रतिशतमा झरेको छ । ब्याजदर कायम गर्ने आधार दर घटेकाले अब ऋणको ब्याजदर पनि सस्तिएको छ ।
बेसर रेट सबै भन्दा कम हुनेमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक देखिएको छ भने बेस रेट धेरै बढी हुनेमा सिभिल बैंक देखिएको छ । यसको अर्थ कर्जाको ब्याजदर राष्ट्रिय वाणिज्य बैंकमा अन्य बैंकको तुलनामा सस्तो पर्ने छ भने सिभिल बैंकमा सबैभन्दा महंगो पर्नेछ । अधिकांशको बेस रेट घट्दा रावा बैंकको केही बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ६.६० प्रतिशत रहेको यस बैंकको बेस रेट ९ महिनामा बढेर ६.७२ प्रतिशत पुगेको छ । यद्यपि, सबैभन्दा कम बेस रेट भएको बैंक यही हो ।
कम बेस रेट हुने दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टर्ड बैंक देखिएको छ । यस बैंकको बेस रेट केही सुधार समेत भएको छ । पुस मसान्तसम्म ७.३३ प्रतिशत रहेको स्टाण्डर्ड चार्टर्डको बेस रेट चैत मसान्तमा घटेर ७.२७ मा झरेको छ ।
यसैगरी तेस्रो नम्बरमा नेपाल बैंक ७.४९, चौथौ नम्बरमा नविल बैंक ७.८२ र पाँचौ नम्बरमा एभरेष्ट बैंकको ८.३४ प्रतिशत रहेको छ । यी तीन वटै बैंकले बेस रेटमा सुधार गरेका छन् । यी बैंकहरुको पुस यी मसान्तसम्म क्रमशः ७.८२, ८.१० र ८.४६ प्रतिशत थियो ।
के हो बेस रेट ?
कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९र७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागू गर्ने उल्लेख गरेको थियो ।
आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागू भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।
तर आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]