" /> Main News – Page 25 – News of Global
पोखरा अब संसारसँग जोडिएको छः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरा अब संसारसँग जोडिएको बताए । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले भने, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, […]

पदका लोभीहरुले मात्रै पार्टी छाडेका हुन्ः मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन् । नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहेका मन्त्री पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी […]

देउवा, वली, प्रचण्डले कति वर्ष सरकार चलाए देश बन्छः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब कति वर्ष सरकार चलाउँदा देश बन्छ ? भन्दै प्रश्न गरेका छन्। लिङ्देनले प्रधानमन्त्री देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका नेताहरुलाई चुनौती समेत […]

फागुन २१ र २२ मा एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते ११ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ हुने भएको छ । विश्वमा देखिएको कोभिडको कारणले प्रत्यक्ष सहभागिता संभव नहुनाले भर्चुयल मार्फत गरिने एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना हुने भएको हो । मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभीया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, […]

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलको कारवाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो । […]

एमालेका दुई नेता गौतम र अधिकारी माओवादी प्रवेश

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज तथा प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि चिरञ्जीवी अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । क्यान महासङ्घका केन्द्रीय सचिव समेत रहेका उनलाई सोमबार खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । यस्तै एमाले चौँरीदेउराली काभ्रेका नेता तथा युवा व्यावसायी रमेश […]

नेपाल टेलिभिजनको ३७ औँ वार्षिकोत्सव

काठमाडौँ : सरकारी स्वामित्वको नेपाल टेलिभिजनले आफ्नो स्थापनाको ३७ औँ वार्षिकोत्सव मनाएको छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै टेलिभिजनले सिंहदरबारस्थित स्टुडियोबाटै संक्षिप्त रुपमा वार्षिकोत्सव मनाएको हो । सार्वजनिकरुपमा मनाइँदै आएको वार्षिकोत्सव कार्यक्रम कोभिड महामारीको जोखिमका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरेर दिवस मनाइएको टेलिभिजनले जनाएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सञ्चार […]

विमलको कमब्याक गोलमा नेपाल विजयी

काठमाडौं- फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड […]

पत्रकार एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

काठमाडौँ । टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ । नेपाल पत्रकार महासङ्घले घटनाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन निश्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]