" />

काठमाडौं। चाडबाड नजिकिएसँगै उपत्यकाका घर घर डुलाएर मह बेच्ने सक्रिय छन्। यसरी बेचिने मह कस्तो हुन्छरु डुलाउनेबाट खरिद गर्नेहरूले आफू ठगिएको गुनासो सम्बद्ध निकायमा नगरे पनि कृत्रिम तरिकाले मह बनाएर राजधानीमा व्यापारको नाउँमा ठगी गर्नेहरू उपत्यकामा सक्रिय रहेको खुलेको छ। काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले सोमबार गोंगबुको एउटा होटलमा छापा मार्दा यस्तो […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति पाएका दिएका छन् । बोर्डले बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो । बलेफी हाइड्रोपावर अनुमति पाएसँगै बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ […]
काठमाडौं । सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए ।
जलेश्वर : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताउनुभयो । जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिनुभयो । उहाँलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले […]
काठमाडौँ : नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ । ‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्रयोगकर्ता श्रमिकद्वारा आफूले सेवा लिएका म्यानपावर कम्पनीको सेवा मूल्याङ्कनका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै जिफन्टले रोजगारदाताले नै भर्ना शुल्क र खर्च बेहोर्ने व्यवस्थाको कडाइका […]
तनहुँ : पुल तर्दा रु १० शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ । व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव यही मङ्सिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ । मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको भए […]
भक्तपुर : नेकपा (एमाले) को आज भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ३०१ सदस्यको कार्यविभाजनसहित तोकिएका १५ वटा कार्यसूचीमा निर्णयहरू गरेको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठकबाट विधानबमोजिम ४५ जना केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरोको गठनलगायतका निर्णय भएका हुन् । बैठकपछि […]
काठमाडौँ : नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशन गरेको अन्तिम नामावलीअनुसार कांग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार हनुहुन्छ । केन्द्रीय उपसभापति दुई सिटका लागि […]
भक्तपुर, २६ मङ्सिर (रासस) ः ऐतिहासिक सम्पदाले परिपूर्ण परम्परागत शैलीमा निर्माण भएको मध्यपुरथिमिको दुई पोखरी अर्थात् निगु पुखुः बत्तीको झिलीमिली चम्किएको थियो । साँझ ढल्दै जाँदा दुई पोखरीको चौघेराभित्र चम्किएका बत्तीले थप आकर्षक बनाइरहेको थियो । पोखरीको पूर्वपट्टिको आली अर्थात् डिलमा बनेका मञ्चमा तबला, हारमुनियम, तानपुरा, इशराज, पखवाजलगायतका बाजा गुञ्जिरहेको थियो । चम्किएको बत्तीले दुई […]