" /> Main News – Page 40 – News of Global
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाले दिए राजिनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को […]

बिएण्डसीमा कोभिड–१९ का विरामीलाई २०० शैया

झापा । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्यया सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी […]

कोरोनाको महामारीबाट सचेत रहन नेता श्रेष्ठको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्पूर्ण जनताहरुलाई कोरोनाबाट सचेत रहन अनुरोध गरेका छन् । नेता श्रेष्ठले फेसबुकमार्फत स्टाटस लेखेर सबैजना सचेत रहेर अरुलाई पनि सचेत रहन आग्रह गरेका छन् । त्यस्तै नेता श्रेष्ठको सचिवालय अन्तर्गत रहेको कोभिड स्वयम्सेवा समूह (सिभीएस) पनि सक्रिय रुपमा काम गरिरहेको जानकारी दिएका छन् । […]

प्रधानमन्त्रीले किन बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन । नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । ‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले हामी पनि अन्योलमा छौ, एक मन्त्रीले […]

बाँकेमा उपचाररत रहेका ५ संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा […]

२४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना संक्रमण, ५० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बादल र देवकोटाको उम्मेदवारी

हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । स्वतन्त्र […]

विवाहमा दुई गाडी र १५ जनामा मात्र सहभागी हुन पाउने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ […]

कडाइ गरेको लकडाउनमा के–के गर्न पाइने ?

काठमाडौं । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई बैशाख २९ गतेसम्मका लागि लम्बाइएको छ । थप गरिएको निषेधाज्ञालाई कडाई गर्न यसअघि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सवारी पास खारेज गरिएको छ भने […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]