" /> साताव्यापी शास्त्रीय संगीतमा रमाउँदै साधकहरु – News of Global

News of Global मंगलबार, पौष १४, २०७७

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानद्वारा राजधानीमा जारी साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन( २०७७ को छैठौँ दिन मङ्गलबार आफ्नो प्रस्तुति दिएपछि सङ्गीतज्ञ मोहनप्रसाद जोशीले आफ्नो आनन्दानुभूति व्यक्त गर्दै सङ्गीतकारहरूका लागि रङ्गमञ्च वा कला प्रस्तुतिको माध्यम भनेको इन्द्रसभा भएको र आफूले आज इन्द्रसभामा बसी देवगणहरूलाई आफ्नो सङ्गीतको रसास्वादन गराउन पाएको बताउनुभएको छ ।
सङ्गीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरेर पुस ९ गतेदेखि जारी शास्त्रीय सङ्गीत सम्मेलनको छैठौँ दिनको प्रस्तुति प्रारम्भमा श्री जोशीले सङ्गीत प्रवीण ढकालसँग आफूले वि.सं. २०१५ देखि सङ्गत गर्न पाएको स्मरण गर्दै उहाँलाई सम्झेर सङ्गीत नाट्य एकेडेमीले यस्तो विशिष्ट कार्यक्रमको आयोजना गर्नाले सबै सङ्गीत साधकहरूको शिर गर्वले उच्च भएको भावना व्यक्त गर्नुभयो ।
वाद्यशिरोमणि उस्ताद गणेशलालका शिष्य सङ्गीत(प्रवीण जोशीले जलतरङ्गमा राग परमेश्वर प्रस्तुत गर्नुभएको थियो । उहाँलाई तबलामा उहाँकै शिष्य मिलेश तण्डुकारले साथ दिएका थिए।मङ्गलबारको अर्को प्रस्तुतिका रूपमा चर्यागानमा विद्यावारिधि गरेकी डा. सीता थापाले राग मारु(विहागमा गाएकी थिइन्। डा. सीतालाई तबलामा कृष्णकुमार खरेल, हार्मोनियममा नवीन न्यौपाने र तानपुरामा नीरा रानाभाटले साथ दिएका थिए ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानका सदस्य(सचिव श्यामप्रकाश तमोटले प्रतिष्ठानबाट सीमित स्रोत(साधनका बाबजुद पनि शास्त्रीय सङ्गीतलाई टेवा पुय्राउने विविध क्रियाकलापअन्तर्गत ध्रुपद गुरुकुल काठमाडौँसँगको सहकार्यमा “स्वर–मध्यमा“ तथा सामप्रिया म्यूजिक एकेडेमीसँगको सहकार्यमा “अ लाइफ इन म्यूजिक ः भिजन अफ योंग माइण्ड्स“ प्रस्तुत गरिनुका साथै नेपाल शास्त्रीय सङ्गीत समाजसँगको सहकार्यमा सङ्गीत प्रशिक्षण पुस्तिका तयार पार्न लागिएको जानकारी दिनुभयो।
यसपूर्वसोमबारको कार्यक्रममा बरिष्ठ वाद्यवादक डङ्कनदास चौधरीको तबलावादनप्रस्तुत भएको थियो । उनलाई हार्मोनियममा नवीन न्यौपानेले साथ दिएका थिए । यसैगरी रागगायनमा चर्चित गायक शिवराज पौडेललाई हार्मोनियममा दीपेन्द्र बज्राचार्य, तानपुरामा इन्द्रबम मल्ल र तबलामा डङ्कनदास चौधरीले साथ दिएका थिए ।
सो कार्यक्रममा नेपाल ललितकला क्याम्पसका क्याम्पस प्रमुख डा. रमेश पोखरेलले शास्त्रीय सङ्गीत सम्पूर्ण दक्षिण एशियाली भूक्षेत्रको साझा सभ्यताका रूपमा हजारौँ वर्षदेखि प्रचलित रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालमा लिच्छवीकाल तथा मल्लकालमा यसको विकास उत्कर्षमा रहेको उल्लेख गर्दै २००७ सालको परिवर्तनपछि नेपालमा शास्त्रीय सङ्गीतको पुनरुत्थानमा सङ्गीत प्रवीण नरराज ढकालज्यूहरूको विशेष भूमिका रहेको बताउनुभयो ।
डा. पोखरेलले आज सङ्गीत प्रवीणको सम्मानमा साताव्यापी कार्यक्रमको आयोजना गरिएबाट मान्छेले गरेको योगदानको यसरी पनि सम्मान हुन सक्छ भन्ने दृष्टान्त प्रस्तुत भएको धारणा व्यक्त गर्नुभयो ।
नेपाल शास्त्रीय सङ्गीत समाजसँगको सहकार्यमा मिथिला नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत भइरहेको साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलनको अन्तिम दिन १५ गते बुधबार प्रसिद्ध नृत्याङ्गना सुविमा श्रेष्ठको कथक नृत्य रयुवा नृत्यकार स्वजन रघुवंशीको भरत नाट्यम प्रस्तुत हुने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानअन्तर्गत परम्परागत तथा शास्त्रीय सङ्गीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले बताउनुभएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]