" /> Main News – Page 16 – News of Global
रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दबासिनीलाई सांसद बनाउने

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सांसद् ढाकाकुमार श्रेष्ठको सांसद् पद निलम्बन गर्दै समानुपातिक सूचीमा नाम रहेका कंसाकारलाई सांसद् बनाउने निर्णय गरेको हो। श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको रकम लेनदेनको अडियो सार्वजनिक भएपछि उनको […]

अन्तराष्ट्रिय विमानस्थल राष्ट्रिय पहिचान समेत हो: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गर्नुभएको छ। अनुगमनसँगै उहाँले अन्तराष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गर्नुभएको छ। गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक […]

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । मङ्गलवार काठमाडौंको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालयमा आज अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन् । अञ्जन श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फको उपाध्यक्षमा मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन् । एसोसिएट्सतर्फ […]

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो […]

डेढ दर्जन गीतसँगै गुन्जिए चर्चित गायक तुलसी पराजुली

काठमाडौं । क्यान्सर र मृगौला पीडितको सहयोगार्थ चर्चित गायक तुलसी पराजुलीले डेढ दर्जन गीतहरुसँगै एकल साँझ सम्पन्न गरेका छन् । स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुलीले डेढ दर्जन गीतहरुसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत भएका हुन् । चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक […]

मौलिक पर्व त्युङल्आको अवसरमा १६ औं वार्षिक साधारण सभा तथा समाजको भवन समुद्घाटन

काठमाडौं । थकालीहरुको मौलिक पर्व त्युङल्आको अवसर पारेर तीन गाउँले थकाली सेवा समाज काठमाडौंले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोही अवसरमा तीन गाउँले थकाली सेवा समाजको नवनिर्मित समाज भवनसको समेत समुद्घाटन गरिएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ३ गैरी टोलस्थित हल्चोकमा नवनिर्मित भवनको समुद्घाटन गरिएको हो । समाजकै साहलमा समाजको १६ […]

बुद्ध जन्मभूमि लुम्विनीमा ५०० कुलपुत्र प्रवज्या कार्यक्रम आजदेखि शुरु

रुपन्देही। बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ । अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना आईतबार लुम्बिनी स्थित कोरियन विहारमा प्रवज्या शुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले […]

गोरखाको छेकम्पारमा ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुने

गोरखा । उत्तरी गोरखाको छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने भएको छ। २०८० बैशाख ६ गतेदेखि ९ गते सम्म ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुने भएको छ । ‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा […]

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]