" />

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको […]
काठमाडौं । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ८३८ जना संक्रमित भेटिएका छन् । त्यस्तै मंगलबार ३ हजार १२३ र सोमबार २ हजार ४४५ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो चार–पाँच दिनमा परीक्षण गराउन आउनेको संख्या बढेको […]
काठमाडौं । साउन १ गतेबाट नेपाल दुरसंचार प्राविधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरेको छ । पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ । मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टम नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायत हरेक सेवा प्रदायकको सर्भरमा जोडिएको हुने र आईएमईआई दर्ता […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उनको भनाइ छ । यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी लक्ष्यबारे विस्तृतमा […]
काठमाडौं । सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ । सार्वजनिक भएको सूचीअनुसार काठमाडौं–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ । यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ […]
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन । त्यसैगरी माओवादीबाट अर्थ मन्त्रालयको जिम्मेवारी जनार्दन शर्मालाई दिइने भएको छ भने उर्जा मन्त्रालयको जिम्मा पम्फा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । उनीहरुको मन्त्रालयबारे भने टुंगो नलागेको माओवादी स्रोतले जनाएको छ । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण […]
काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहान महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र […]