" /> Main News – Page 35 – News of Global
विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो । बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा […]

नेकपा एमालेको १० बुँदे सहमतिपत्रमा हस्ताक्षर (पत्रसहित)

नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले टुङ्ग्याएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने उनले जनाए ।

पूर्व माओवादीको निवेदन आयोगद्वारा खारेज, वैधानिकतामा माओवादी केन्द्र

निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । माओवादी छाडेर एमालेमा लागेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतले माओवादी पार्टी अवैधानिक भइसकेको […]

संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गरौंः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् । एक नेताका अनुसार उनले भनेका छन्, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि […]

जसपाको खारेजीको माघ गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् । रिटमा यो मुद्दा टुंगो नलागेसम्म […]

नारायणकाजी श्रेष्ठद्वारा चिसापानीमा रहेको तरकारी फार्मको अवलोकन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंको चिसापानीमा रहेको तरकारी फार्महरुको अवलोकन गरेका छन् । नेता श्रेष्ठले चिसापानीमा करिब ८० रोपनीमा तरकारी खेती गरिरहेका कृषकहरुसँग साक्षत्कार गर्दै त्यहाँको वस्तुस्थिति बुझेका हुन् । चिसापानी नमूना कृषि समूहको आग्रहमा नेता श्रेष्ठले कृषकहरुसँग भेटघाट गरेका हुन् । नमूना कृषि समूहकी उपाध्यक्षसमेत रहकी गायिका […]

चीनबाट आएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । स्वास्थ्य सेवा […]

स्पेनको पेनाल्टी मिस भएसँगै इटाली युरोकपको फाइनलमा

टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे । यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको […]

शिक्षा मन्त्री श्रेष्ठलाई मन्त्रीपदबाट बर्खास्त गर्न माग गर्दै रुपाले दिइन् सर्वोच्चमा रिट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाएर जातीय विभेद सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। तनहुँकी रूपा सुनारले आइतबार सर्वोच्च अदालतमा शिक्षामन्त्री श्रेष्ठविरुद्ध निवेदन दर्ता गराएकी हुन्। उनले सर्वोच्चमा दर्ता गराएको निवेदनमा शिक्षामन्त्री श्रेष्ठले ‘पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरी प्रहरी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]