
" />
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय […]
काठमाडौं । गीतकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो। हिजो दिउँसो अक्सिजनको कमी भएपछि उहाँलाई इमर्जेन्सीमा लगिएको थियो। आज बिहान १०ः२५ मा उहाँ निधन भएको थियो । दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उनको […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन् । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ । जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही […]
काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६स्४० मा […]
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो । नेपालको लोकतान्त्रिक […]
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यका र काभ्रेका कोभिड अस्पताल एवं आइसोलेसन केन्द्रका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको छ । बुधबारबाट लागू भएको उक्त कोटाअनुसार उपत्यकाका ८ वटा अक्सिजन उद्योगले १११ अस्पताल तथा आइसोलेसन सेन्टरका लागि ७ हजार ४७३ वटा ठूलो सिलिण्डर अक्सिजन आपूर्ति गर्नुपर्नेछ । अस्पताल तथा […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आह्वान गरेका छन् । इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको समेत उल्लेख गरेका छन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि […]