" />

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने बताएका छन् । मन्त्री श्रेष्ठले कोभिडले बढी प्रभावित १४ जिल्ला र केही शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मसान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुनेछ । शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । तर, विद्यालयको पठन पाठन […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए । पछिल्लो समय केपी ओली […]
काठमाडौं । सरकारले मंगलबारबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो […]
काठमाडौं । राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमै पुनर्नियुक्ति गर्दैछन् । उनलाई आजै साँझ ५ बजे सपथग्रहण गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो । माओवादीको […]
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड–१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको छ । https://youtu.be/uZ7Nd-mWiL0 प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार यो आदेशमा […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना (५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेन)को नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ […]
काठमाण्डौ । गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश– १ र २ मा ठूलो हावाहुरी चलेको हो । चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि(मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद्हरुले बताउनुभयो । नेपालमा गएको मार्च महिनादेखि नै प्रि(मनसुन भित्रिएको भए पनि सक्रिय हुन […]
काठमाडौं । नेकपा एमाले नेपाल समुहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण वाम गठबन्धन असफल भएको आरोप लगाउनु भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुषालले ओलीको अहंकारी प्रवृत्तिले ठूला कम्युनिष्ट पार्टीहरुको एकता हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष ओलीको कुर्सी मोह र अहंकारका कारण वाम गठबन्धनको सरकार […]