" />

काठमाडौं । गोरखा सांस्कृतिक समाजको तेस्रो अधिवेशनबाट गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चूडामणी देवकोटाको प्रमुख आतिथ्यतामा भएको तेस्रो साधारणसभाले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो । समाजका अध्यक्ष बीरबल ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापा, वरिष्ठ […]
काठमाडौं । रेडियो नेपालद्वारा आयोजित २०७७ सालको ‘राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता’मा संगीतकार शंकर थापा ‘स्माइल’ उत्कृष्ट संगीतकार घोषित भए भने गीतकार रमेश दाहाल उत्कृष्ट गीतकार घोषित भए । भर्सटायल संगीतकार शंकर थापा ‘स्माइल’ले गीतकार डीपी खनालको शब्दरचनामा रहेको ‘खै कसले सुनिदिने मेरो गीतको चित्कार’ बोलको गीतबाट सङ्गीततर्फ प्रथम भएका हुन् । आजभन्दा आठबर्ष अघि अर्थात् […]
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान […]
पोखरा । चैत २५ गतेबाट गण्डकी प्रदेश सभाको बैठक बस्ने भएको छ । ६ महिनाभित्र संसद बैठक बोलाउनै पर्ने बाध्यता सरकारलाई छ । कानुन व्यवस्थाअनुसार २५ गतेदेखि विधेयक अधिवेशन चलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत २६ गते संसदको बैठक स्थगित भएको ६ महिना पूरा हुन्छ । असोज २६ गतेदेखि प्रदेशसभाको बजेट अधिवेशन सकिएको […]
भोजपुर । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना सार्वजनिक भएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको […]
काठमाडौं । मेलम्चीको पानी एक दिन बिराएर काठमाडौं बासीको धारामा आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ । यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, […]
बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडप भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा २ जनाको भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा […]
काठमाडौं । होली पर्वमा हुनसक्ने सम्भावित सडक दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन कडा पारिएको छ । अहिलेसम्म होली मनाउँदै हिंडेका डेढ सय सवारीसाधन कारबाहीमा परिसकेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको जनाएको छ । आज उपत्यकाभरी विभिन्न ९० ठाउँबाट चेकिङ भइरहेको छ ।
फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा किन भोलिपल्ट मनाइन्छ त होली ? […]