" /> Main News – Page 44 – News of Global
ऋणको ब्याज वापत श्रम तथा यौन शोषण

भोजपुर । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना सार्वजनिक भएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको […]

मेलम्चीको पानी कहाँ र कतिबेला आउँछ यस्तो छ तालिका

काठमाडौं । मेलम्चीको पानी एक दिन बिराएर काठमाडौं बासीको धारामा आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ । यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, […]

होली मेलामा झडप हुँदा दुईको मृत्यु

बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडप भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा २ जनाको भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा […]

होलीमा हिंडेका डेढ सय सवारीसाधन कारवाहीमा, ९० ठाउँमा चेकिङ

काठमाडौं । होली पर्वमा हुनसक्ने सम्भावित सडक दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन कडा पारिएको छ । अहिलेसम्म होली मनाउँदै हिंडेका डेढ सय सवारीसाधन कारबाहीमा परिसकेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको जनाएको छ । आज उपत्यकाभरी विभिन्न ९० ठाउँबाट चेकिङ भइरहेको छ ।

पहाड र तराईमा किन फरक फरक दिन होली मनाइन्छ ?

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा किन भोलिपल्ट मनाइन्छ त होली ? […]

प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने

काठमाण्डौ ।नेपालका प्रधानमन्त्री नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल […]

ट्राफिक प्रहरीले पठाओलाई ज्याकेट र ट्राउजर लगाउन रोक्यो

काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी […]

डा.नवराज लम्साललाई ५१ हजार राशिको महालक्ष्मी साहित्य पुरस्कार

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिएको छ । कला साहित्य र पत्रकारिताको माध्यमबाट समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै मातृभूमि साहित्य समाज मकवानपुरले लम्साललाई ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरेको हो । रेडियो नेपालका समाचार प्रमुखका रुपमा समेत रहनुभएका लम्साललाई महालक्ष्मी विकास बैङ्कले स्थापना […]

आज चट्याङसहित पानी पार्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]