" /> Main News – Page 50 – News of Global
आन्दोलनलाई निरन्तरता दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकले समसामयिक विषयमा छलफल, पार्टीको १४ औं महाधिवेशनको तयारी र प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमपछि विरोधका कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘आजको बैठक जारी केन्द्रीय समितिको निरन्तरता हो । बैठकमा महाधिवेशनको तयारीका विषयमा पनि छलफल हुन्छ’ शर्माले नेपालवाचसँग भने, ‘हामी प्रधानमन्त्रीले […]

नागरिक आन्दोलनमा सरकारले दमन

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको विरोध गरेको छ । सो समूहका तर्फबाट केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रँदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरङ्कुश चरित्र उदाङ्गो भएको उल्लेख गरिएको छ । यसबाट संघर्षको आवश्यकता र […]

घुस रकमसहित मालपोतका नायब सुब्बा सहित दुई पक्राउ

काठमाडौं । ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१२, लगनखेलस्थित बसपार्क नजिकबाट सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी […]

चर्चित गायक तथा सर्जक गायक रत्न बानियाँको निधन

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा राति ३ बजे निधन पुगेको पारिवारिक स्रोतले बताएको छ । गायक बानियाँको ‘लडाईको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट […]

ओली पक्षद्वारा बाग्मती प्रदेश अध्यक्ष दाहाललाई कारवाही, पोखरेललाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ । भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारीअनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोनीलाई चयन गरिएको एक नेताले जानकारी दिए । त्यसैगरी ओली पक्षले प्रदेशका जिल्ला अध्यक्षहरु समेत चयन […]

चर्चामा सुवास नेम्वाङको अभिव्यक्तिः सनकको भरमा संसद बिघटन हुँदैन

काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने भनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको अभिव्यक्तिले प्रवेश पाएको छ । सोमबार बहसका क्रममा अधिवक्ता सरोजकृष्ण घिमिरेले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्याख्या गरेको सुनाए । त्यसले संविधानमा यस्तो व्यवस्था गर्नुको कारण […]

दश करोड भ्यूज पाउने ननफिल्मी गीत ‘माया लुकी लुकी’

काठमाडौं । गायिका टीका प्रसाईंको ‘माया लुकी लुकी’ गीतले यूट्युबमा इतिहास रचेको छ । चलचित्रको गीतमा कुटुमा कुटु गीत दश करोडभन्दा बढी भ्यूज पाउने पहिलो गीत बनेको थियो भने ननफिल्मी गीतमा गायिका प्रसाईंको यो गीतले यूट्युबमा १० करोड भ्यूज पाएएर इतिहास रचेको छ । गीतले एक सय मिलियन भ्यूज पाएको उपलक्ष्यमा गायिका प्रसाईंले युट्युब लाइभमा […]

सोलुखुम्बुमा ट्रिपर दुर्घटना, तीन जनाको मृत्यु

बिराटनगर । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भिर घाइते छन् । आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी […]

मल नल्याउने ठेकेदारलाई कारवाही नगर्न मन्त्रालयको निर्णय

काठमाडौं । तोकिएकै समयमा रासायनिक मल ल्याउन ठेक्का पाएको मुक्तिनाथ कृषि कम्पनीले समयमा मल नल्याएपछि सर्वत्र विरोध भएको थियो । उक्त कम्पनीलाई कारवाहीको माग गरिएको भए पनि यतिखेर उक्त कम्पनीलाई कारवाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको छ । मल नल्याउने ठेकदारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]