" /> Main News – Page 49 – News of Global
नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे । आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल […]

बन्दका क्रममा ट्याक्सीमा आगजनी एवं ट्रक तोडफोड

काठमाडौं । आज भएको प्रचण्ड–माधव समूहको नेकपाले गरेको नेपाल बन्दका क्रममा जनजीवन प्रभावित बन्यो । बन्दका क्रममा काठमाडौंमा एक ट्याक्सीमा आगजनी गरियो भने दुई ट्रकमा तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालयका काठमाडौका अनुसार धादिङका कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ भने काठमाडौंबाट नारायणगढतर्फ जादै गरेका दुई र वीरगञ्जबाट […]

संसद भवन अगाडि आन्दोलन गर्दा प्रचण्ड–माधव समूहका विद्यार्थी नेता पक्राउ

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड–माधवकुमार नेपाल समूह निकट विद्यार्थीहरुलाई प्रदर्शन गर्ने क्रममा गरेको पक्राउ गरेको छ । उनीहरुको पक्राउलाई लिएर संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ। प्रचण्ड–माधव समूह, संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘असंबैधानिक र प्रतिगामी कदमका […]

मध्यरातमा काठमाडौंको सडकमा सैन्यअभ्यास, बख्तरबन्द परेड किन निकालियो ?

काठमाडौं । सोमबार माघ १९ गतेको मध्‍यरातमा नेपाली सेनाले काठमाडौँको सडकमा बख्तरबन्द परेड निकालेको छ। १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो। यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्तरबन्द गाडी यसरी नै सडकमा निकालिएको थियो। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा […]

आज १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० […]

राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा

काठमाडौं । सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना छ । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी […]

कोइरालासँग विहे गर्दै लोकप्रिय गायिका अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन्।सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर […]

शहिदको सपना साकार पार्न सरकार दृढ छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै […]

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सेयर बजारमा कीर्तिमानी

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ पुगेको छ । यसअघि हालसम्मको धेरै कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]