" /> Main News – Page 51 – News of Global
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको विवाह माघ ११ मा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अविवाहित रहेका कारण कहिले विवाह गर्ने भन्ने प्रश्न झेलिरहेका थिए । अब भने उनले यही माघ ११ मा विवाह गर्ने पक्का भएको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् । सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन […]

बारा र पर्साका पेट्रोलियम व्यवसायीहरुको संघर्ष समिति गठन

वीरगञ्ज । इन्धनको कारोबार अमेलखगञ्ज डिपोबाट गर्न नेपाल आयल निगमले दिएको निर्देशनमा बारा र पर्साका व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी खर्च बढी पर्ने तर्क गर्दै उनीहरुले यो निर्णय नसच्चिए आन्दोलनमा जाने भन्दै संघर्ष समिति पनि गठन गरेका छन् । जनवरी १६ अर्थात माघ ३ गतेदेखि डिजल, पेट्रोलको कारोबार अमलेखगञ्ज डिपोबाटै […]

प्रचण्ड–माधव समूहको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बिहीबार दिउँसो बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र […]

विप्लव समूहका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरीले बताएको छ । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।

कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरी धरपकड

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले संसद विघटनविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी नेता, कार्यकर्ताले कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीले १८ जनालाई पक्राउसमेत गरेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार विद्यार्थीले सार्वजनिक स्थलमा ब्लेड लिएर हिँडेपछि भिडमा कुनै अप्रिय घटना नहोस् भनेर नियन्त्रणमा लिइएको […]

लोकसेवा आयोगले ठूलो संख्यमा कर्मचारी

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यमा सुब्बा पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो । यस्तै आयोगकै सुब्बा पदको बढुवाको सूचना पनि निकालेको हो ।

आनको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे निर्वाचित

काठमाडौं । विज्ञापन एजेन्सीहरुको छाता संस्था नेपाल विज्ञापन संघ (आन) को २१ औं साधारण सभाले सोमप्रसाद धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई […]

शुभ मुकारुङको अध्यक्षतामा गीतकार संघमा नयाँ कार्यसमिति

काठमाडौं । गीतकार संघ नेपालको पाँचौं महाधिवेशन एवं ११ औं साधारणसभाबाट गीतकार शुभ मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ । आज भएको महाधिवेशनबाट चुडामणिको नेतृत्वमा भएको संघले शुभ मुकारुङको नेतृत्व पाएको हो । यसभन्दा अघि गीतकार मुकारुङ उपाध्यक्ष पदमा थिए । लामो समय गीतकार संघको पदाधिकारीमा बसेका मुकारुङले नेतृत्व गरेको कार्यसमितिमा उपाध्यक्ष वसन्त वित्यासी थापा, […]

अन्तरबैंक एटीएमको शुल्क तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ । राष्ट्र बैंकले एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर हुने भुक्तानीका प्रति कारोबार बढीमा २० रुपैंयाँसम्म लिन पाउने गरी अधिकतम शुल्क निर्धारण गरेको हो । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देश जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]