काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ ।
धर्मशालामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय रन बनाएको हो । टोलीका लागि प्रियम्सश आर्य र प्रभसिमरन सिंहले राम्रो सुरुआत दिलाए ।
प्रभसिमरनले ५७ रनको महत्वपूर्ण इनिङ्स खेले । तर मुम्बईका तर्फबाट श्रद्धुल ठाकुरले घातक बलिङ गर्दै ४ विकेट लिए ।
अन्त्यतिर अझमतुल्लाह ओमरजाइ र अन्य ब्याट्सम्यानको आक्रामक ब्याटिङका कारण टोली २ सय रनसम्म पुग्यो ।
२ सय १ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन बनाएर खेल जित्यो ।
मुम्बईका लागि रायन रिकेलटनले ४८ रन बनाए भने तिलक वर्माले अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जित दिलाए ।
यस खेलमा नियमित कप्तानको अनुपस्थितिमा जसप्रीत बुमराहले पहिलो पटक मुम्बईको कप्तानी सम्हालेका थिए र टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।
हारका बाबजुद पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ । मुम्बई आइपिएल प्ले अफको दौडबाट बाहिरिसकेको छ ।



