" /> Main News – Page 14 – News of Global
बुद्ध जन्मभूमि लुम्विनीमा ५०० कुलपुत्र प्रवज्या कार्यक्रम आजदेखि शुरु

रुपन्देही। बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ । अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना आईतबार लुम्बिनी स्थित कोरियन विहारमा प्रवज्या शुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले […]

गोरखाको छेकम्पारमा ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुने

गोरखा । उत्तरी गोरखाको छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने भएको छ। २०८० बैशाख ६ गतेदेखि ९ गते सम्म ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुने भएको छ । ‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा […]

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका […]

दलका कार्यकर्ता राष्ट्रपति बनाउँदा दुःख पाइयोः प्रधानमनत्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीय आधारमा राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दैै प्रचण्डले सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा सबैले दुःख पाएको बताएका थिए । ‘अहिले सहमतीय राष्ट्रपतिको अपेक्षा गरेको हो’, बैठकमा प्रचण्डको भनाइको उधृत गर्दै एक केन्द्रीय […]

नेकपा माओवादीमा अग्नि सापकोटा र पम्फा भुसाल उपाध्यक्षमा चयन

काठमाडौं । माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सागै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । बुधबार जारी सर्कुलरमा सापकोटा र भुसाललाई पार्टी उपाध्यक्ष बनाइएको उल्लेख छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । सभामुख सापकोटा पार्टीको जिम्मेवारीमा थिएनन् भने भुसाल उपमहासचिव थिइन् […]

प्रोफेसर मोहम्मद रमजानले गरे अक्षयकोष स्थापनाको लागि सहयोग

कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँ द्वारा आफुले प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयको अक्षयकोष स्थापनार्थ एक कार्यक्रमका बीच एक लाख एक हजार एक सयको सहयोग गरेका छन।गोरखाको सिरानचोक ३ हर्मी बयापानी स्थित श्री शिखर ज्योति प्राथमिक बिद्यालयलाइ कोष निर्माणका निम्ति सो सहयोग गरेका हुन।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह […]

शहीदका सपना पूरा गर्न सबै मिलेर हातेमालो गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा बताएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्ने संकल्प लिएको उल्लेख गर्दै सम्पूर्ण शहीदका सपना पूरा गर्न आव्हान गरेका हुन् । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो […]

राष्ट्रपतिद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । भण्डारीले देशका लागि सहादत दिने शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुने उनले शहीद दिवसका अवसरमा […]

निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला÷नगर उद्योग व्यवसायी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]