" /> Main News – Page 47 – News of Global
भागरथी हत्या आरोपी किशोरद्वारा बलात्कार स्वीकार

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए । तर अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर […]

सम्वादबाट बर्तमान समस्याको समाधान खोज्न परिवार दलको आग्रह

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिधिको शासन र संवैधानिक सर्वोच्चतालाई आफनो पार्टीले आत्मसात गर्ने बताएका छन् । नेपाल परिवार दल काठमाण्डौ –गण्डकी प्रदेश सम्र्पक समितिद्वारा बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले बर्तमान समस्याको समाधान सम्बादबाट खोज्नु पर्ने बताउँदै सर्वोच्च अदालतमा बिचारधिन बिषयलाई सडक संर्घसबाट प्रभाबित […]

मुलुकको गतिविधिप्रति चासो राख्दै पूर्व राजाको कडा अभिव्यक्ति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका छन् । शुक्रबार परेको ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्रै नभई सामाजिक जीवपद्धति समेत भएको बताएका छन् । ‘नेपाल जनता र राजाबाट खडा […]

मूल्यबृद्धि विरुद्ध अनेरास्ववियूको आयलनिगम अगाडि प्रदर्शन

काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ । बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले निगमको कार्यालय […]

गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

गुल्मी । गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । https://youtu.be/aJJrdv_eyZQ दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको […]

सपना रोका मगरलाई दुव्र्यवहार गरेको आरोपमा विनयजंग पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले […]

भागीरथीको हत्या उनकै विद्यालयको छात्रद्वारा गरिएको स्वीकार, भोलि सार्वजनिक गरिने

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । https://youtu.be/aJJrdv_eyZQ माघ २१ गते […]

बैतडीमा कांग्रेसको कार्यक्रममा ओली समूहले गरे ढुंगामुढा

काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् । डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० सयभन्दा बढी […]

हामी हारेर भए पनि देश बचाउने बेला आएको छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भए पनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]