" />

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज संसदीय दलको बैठक बोलाएको छ । हिजो केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको हो । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी […]
काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् । प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय […]
काठमाडौं । सामाजिक, राजनीति र शैक्षिक क्षेत्रमा लोकप्रियता कमाएका झापाका हरिचरण बानियाँ नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले बानियाँ सहित झापाका ८ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । झापा धाइजनका हरिचरण बानियाँ सहित कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, सांसद एलपी सावा, जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा […]
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौँको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ जना सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। मंगलबार बिहान बालुवाटारमा बसेको ओली समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले अलिहे कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटीको घोषणा गरेका हुन्। स्रोतका अुसार बाँकी १९७ जना सदस्य पछि थपिने […]
काठमाडौं । आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरिरेका छन् ।ओलीले आफ्नो समूहका नेताहरुलाई संसद विघटनका साथै अन्य राजनीतिक घटनाक्रमका बारेमा ‘विशेष सम्बोधन’ गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा […]
काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, […]