" />

काठमाडौं । विन्ध्यवासिनी म्यूजिक प्रालिले गायक प्रमोद खरेलविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी गरेपछि सुरु भएको विवाद यतिखेर चर्चामा छ । विन्ध्यवासिनी म्यूजिक विरुद्ध यतिखेर कलाकारहरुले हस्ताक्षर अभियान संचालन गरिरहेका छन् । आफ्नो एल्बम फिर्ता पाउन माग गर्दै अर्काको लगानीमा कम्पनीले आर्थिक शोषणसहित गालीगलौज गरी मानहानी गरेको भन्दै हस्ताक्षर अभियानमा लागेका हुन् । विन्ध्यवासिनी म्यूजिकका […]
सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गरे […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । यो समूहको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको […]
काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई […]
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले आफू कामचलाउ भइसकेको जानकारी दिनुपर्ने बताए । प्रचण्ड–माधव पक्षको बबरमहलमा बसेको केन्द्रीय समिति बैठकबाट नेकपा अध्यक्षमा चयन भएका पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री बन्न पाउने […]
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ । […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए । बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड(माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी […]