" /> Main News – Page 54 – News of Global
हरिचरण बानियाँ सहित झापाका ८ नेता नेकपा केन्द्रिय सदस्यमा मनोनित

काठमाडौं । सामाजिक, राजनीति र शैक्षिक क्षेत्रमा लोकप्रियता कमाएका झापाका हरिचरण बानियाँ नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले बानियाँ सहित झापाका ८ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । झापा धाइजनका हरिचरण बानियाँ सहित कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, सांसद एलपी सावा, जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा […]

राजधानीमा सुरक्षा सतर्कता बढाइयो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौँको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी […]

ओलीले घोषणा गरे ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ जना सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। मंगलबार बिहान बालुवाटारमा बसेको ओली समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले अलिहे कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटीको घोषणा गरेका हुन्। स्रोतका अुसार बाँकी १९७ जना सदस्य पछि थपिने […]

संसद विघटन र राजनीतिक घटनाक्रमका बारेमा ओलीको ‘विशेष सम्बोधन’

काठमाडौं । आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरिरेका छन् ।ओलीले आफ्नो समूहका नेताहरुलाई संसद विघटनका साथै अन्य राजनीतिक घटनाक्रमका बारेमा ‘विशेष सम्बोधन’ गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा […]

७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत,  श्रममन्त्री रामेश्वर राय यादव, […]

प्रेम विनोदलाई राष्ट्रिय सम्मान, महेश आचार्यले चुमे वर्ष गीत पुरस्कार

नारायणगढ, चितवन । वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई एक लाख ५१ हजार राशिको राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ । गीतकार संघ नेपालको आयोजना तथा नारायणी कला मन्दिर चितवनको संयोजनमा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई अमर भावना राष्ट्रिय पुरस्कार–२०७६ बाट सम्मानित गरिएको हो । प्रदेश नं. ३ का मुख्यमन्त्री […]

आज विवाह पञ्चमी : सीता र रामको पूजा गरी मनाइँदै

काठमाडौं  । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र […]

तपश्वीको भेषमा अनुयायी बलात्कार र बेपत्ता पारेको अभियोग लागेका बम्जन अदालत हाजिर भएनन्

काठमाडौं । तपश्वीको भेषमा अनुयायी बलात्कार गरेको अभियोग लागेका रामबहादुर बम्जन अदालतले दिएको ३५ दिने म्यादभित्र हाजिर भएनन् । जिल्ला अदालत, सर्लाहीले २४ कात्तिकमा निजगढमा रहेको बम्जन निवासमा सूचना टाँस गर्दै अदालतमा हाजिर हुन भनेको थियो । तर, उनी उपस्थित नभएको जिल्ला अदालत, सर्लाहीका वैतनिक वकिल नरेशकुमार चौधरीले अनलाइनखबरलाई बताए । बम्जनलाई खोज्दै केन्द्रीय अनुसन्धान […]

गोरखामा बस दुर्घटना हुँदा २२ जना घाइते

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]