" /> Main News – Page 55 – News of Global
विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको, रानीपोखरीमा हरिपालको सरुवा

काठमाडौं । प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पाललाई काठमाडौं उपत्यकाको कमाण्ड गर्ने युनिट महानगरीय प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत थिए । मन्त्रिपरिषद्ले आजै नायव महानिरीक्षक (डिआईजी) बाट अतिरिक्त […]

हप्तामा दुई दिन बिदाका सरकारलाई प्रतिवेदन

काठमाडौं। सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय […]

टेलिकमले दियो अनलाईन कक्षाका लागि निःशुल्क ‘पाठशाला सियुजी सिम’

काठमाडौं । नेपाल टेलिकमले विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहयोग पुर्‍याउन निशुल्क ‘पाठशाला सियुजी सिम’ वितरण गरेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराएको हो । सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि ९असीमित० […]

काठमाडौंको सडकमा १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा सडकबत्ती जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो । […]

कोभिड–१९ को खोप नेपालमा पनि शीघ्र उपलब्ध गराउन सरकारको गृहकार्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्नका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित […]

कोरोना संक्रमणबाट पूर्व सांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन

काठमाडौँ। पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो। लामा (कोभिड–१९) को संक्रमणबाट बिरामी थिए। काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए। लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए।

प्रेम विनोदलाई राष्ट्रिय स्रष्टा सम्मान, भिखारीलाई डायस्पोरा

काठमाडौं । गीतकार सङ्घ नेपालको वार्षिक कार्यक्रम राष्ट्रिय स्रष्टा सम्मान तथा वर्ष गीत पुरस्कार यस वर्ष पुष ४ गते हुने भएको छ । संघले आज पत्रकार सम्मेलन गर्दै आगामी पुष ४ गते नारायणगढमा कार्यक्रम गर्ने जानकारी दिएको छ । यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान विशिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई नगद १ लाख ५१ हजार राशिसहि […]

सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर आलोचना भएको छ । पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले चर्को आलोचना गरेको सहभागी एक नेताले बताए । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका […]

नेपालमा जलविद्युतमा लगानी ल्याउने रुसको इच्छा

काठमाडौं । रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]