" /> Main News – Page 55 – News of Global
ओलीले मागे पार्टी प्रमुख सचेतक देव गुरुङको राजिनामा

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् । २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठकलगत्तै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ओलीले स्थायी कमिटी बैठक लगतै गुरुङलाई बोलाएर तपाईंले प्रमुख सचेतकबाट राजीनामा […]

भ्रामक समाचारको पछि नलाग्न सांस्कृतिक मञ्चको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य स्वर्गीय कमानसिंह लामाको निधनपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जोडेर प्रकाशित प्रशारित भएको भ्रामक सामाग्रीप्रति गोरखा—काठमाडौं जनसांस्कृतिक मञ्चले आपत्ति जनाएको छ । लामाको कोरोना भाइरस संक्रमणको कारण यही मंसिर २४ गते विहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । दुःखद्‌ घडीमा लामाको परिवारलाई […]

प्रचण्डद्वारा अध्यादेश खारेज गर्न माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गरेका छन् । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् […]

राष्ट्रपतिद्वारा अध्यादेश जारी, सभामुखबिना नै बैठक बस्न मिल्ने बाटो खोलियो

काठमाडौं । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद्को बैठक अवरुद्ध भएको बेला मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो । पार्टीमा विवाद कायमै […]

पुष १ बाट पशुपतिनाथ मन्दिर खुला

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर पुष १ गते अर्थात् भोलि बुधबारबाट खुल्ने भएको छ । आज बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट […]

काठमाडौंमा चिसो बढ्यो, ३ डिग्री सेल्सियसमा तापक्रम झ¥यो

काठमाडौं । काठमाडौं उपत्यकामा आज जाडो झन् बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । ‘विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ,’ मौसमविद गंगा नगरकोटीले भनिन् । […]

आजको पञ्चांग: सोमबारको दिन अमृतबेला दुई पटक छ, यस्तो हुनेछ

आजको पञ्चांग आज मिति २०७७ मंसिर २९ गते सोमबार, इस्वीसंवत डिसेम्वर १४ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष कृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको (अमावश्या) औंशी तिथि रहनेछ । आज ज्येष्ठा नक्षत्र, विष्कुम्भादि योगमा […]

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम […]

ललिता निवास प्रकरणः भ्रष्टाचार मुद्दामा अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात थुनामा

काठमाडौं । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् । आइतबार विशेष अदालतले हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]