" /> Main News – Page 57 – News of Global
काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त

काठमाडौं : काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्ने काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त देखिएको छ। नेपाली सेनाले जिम्मा लिएर काम सुरु गरेको चार वर्ष पुग्दा पनि सडकको प्रगति सुस्त देखिएको हो। सेनाका अनुसार हालसम्म भौतिक प्रगति १६.२ प्रतिशत छ। वित्तीयतर्फ ९.५२ प्रतिशत छ। आयोजनामा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ। यसको लागत […]

ओलीसँग माओवादी पक्षभन्दा आफ्नै कार्यकर्ता बढी आक्रमक

काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चर्कदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएका छन् । गुट भेला र प्रशिक्षणमार्फत दुवै पक्षीय शक्ति सञ्चयमा जुट्ने क्रममा सुनसरीको इटहरीमा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय भेला भएको छ । […]

कोरोनाको समयमा भिजिट भिसाको माध्यमबाट ठगी

काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु भएपछि नेपाल […]

चीनका रक्षामन्त्री एक दिने भ्रमणका लागि नेपाल आउने

काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी आइतबार नै […]

गुल्मीमा जिप दुर्घटना, ६ को मृत्यु

गुल्मी । शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर–४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेहरु इस्मा गाउँपालिका–४ […]

विश्वका प्रभावशाली महिलामध्ये म्याग्दीकी सपना मगर छनौट

बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्छ। यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ। यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी […]

बलात्कार गर्नेलाई सजायँ बढाइयो, मिलापत्र गराउनेलाई ३ वर्ष जेल

काठमाडौं । बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् । राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ । कानून मन्त्रालय स्रोतका अनुसार जेष्ठ नागरिक ऐन, मुलुकी अपराध संहिता […]

४९ लाख ४९ हजारमा किनेको गाडीको मर्मत खर्च ५८ लाख ६९ हजार

सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो । दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो […]

सेलेबसाथी सबै वर्गका मान्छेले घरमै बसेर आर्थिक लाभ लिनसक्ने प्लेटफर्म हो

काठमाडौं । पछिल्लो समय सेलिबे्रटीदेखि युवा युवतीहरु बढी टिकटकमा आकर्षित देखिने गरेका छन् । प्रायले १६ सेकेन्डको भिडियोमा टिकटक बनाएर समय बिताइरहेका छन् । तर उनीहरु मनोरञ्जनभन्दा अरु केही पनि गर्न पाएका छैनन् । होला विज्ञापनको शैली अपनाए पनि त्यसबाट पैसा भने आम्दानी गर्न सकेका छैनन् । तर सेलेबसाथी डटकमले भने १ मिनेटसम्मको भिडियो बनाएर […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]