" /> Main News – Page 58 – News of Global
बाग्लुङबाट काठमाडौं आउदै गरेको कैलाश एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

काठमाडौं । नुवाकोटको बेलकोट गाउँपालिकामा आज अपरान्ह हेलिकोप्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बाग्लुङबाट यात्रु लिएर काठमाडौं फर्कदै गरेको हेलिकोप्टर नुवाकोट जिल्लाको बेल्कोट गाउँपालिका वडा नं ६ घ्याम्पेस्थित दाहाल डाँडामा दुर्घटनामा परेको हो । घट्नामा सबै यात्रुहरु सकुशल रहेको कैलाश एयरलाइन्सले जनाएको छ । काठमाडौं आउने क्रममा रहेको हेलिकोप्टरमा चरा ठोक्किर क्षति […]

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको […]

काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त

काठमाडौं : काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्ने काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त देखिएको छ। नेपाली सेनाले जिम्मा लिएर काम सुरु गरेको चार वर्ष पुग्दा पनि सडकको प्रगति सुस्त देखिएको हो। सेनाका अनुसार हालसम्म भौतिक प्रगति १६.२ प्रतिशत छ। वित्तीयतर्फ ९.५२ प्रतिशत छ। आयोजनामा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ। यसको लागत […]

ओलीसँग माओवादी पक्षभन्दा आफ्नै कार्यकर्ता बढी आक्रमक

काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चर्कदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएका छन् । गुट भेला र प्रशिक्षणमार्फत दुवै पक्षीय शक्ति सञ्चयमा जुट्ने क्रममा सुनसरीको इटहरीमा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय भेला भएको छ । […]

कोरोनाको समयमा भिजिट भिसाको माध्यमबाट ठगी

काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु भएपछि नेपाल […]

चीनका रक्षामन्त्री एक दिने भ्रमणका लागि नेपाल आउने

काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी आइतबार नै […]

गुल्मीमा जिप दुर्घटना, ६ को मृत्यु

गुल्मी । शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर–४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेहरु इस्मा गाउँपालिका–४ […]

विश्वका प्रभावशाली महिलामध्ये म्याग्दीकी सपना मगर छनौट

बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्छ। यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ। यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी […]

बलात्कार गर्नेलाई सजायँ बढाइयो, मिलापत्र गराउनेलाई ३ वर्ष जेल

काठमाडौं । बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् । राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ । कानून मन्त्रालय स्रोतका अनुसार जेष्ठ नागरिक ऐन, मुलुकी अपराध संहिता […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]