" /> Main News – Page 73 – News of Global
थर्मल गनमा कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका संचालक अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरिएको हो। पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो । उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको […]

बैशाख ३ सम्म लकडाउन लम्बियो, देशाबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन भोलि हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिएपछि चैत ११ बाट नेपालमा पनि लकडाउन सुरु भएको थियो । त्यसपछि पुनः १८ गतेबाट थपिएको लकडाउनलाई सरकारले ८ दिन थप गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत […]

राहत बितरणमा अनियमितता भएको आरोपमा दुहबीमा झडप, एक दर्जन घाइते

इटहरी । लकडाउनको समयमा अफ्ठ्यारोमा परेकाहरुलाई विभिन्न ठाउँमा राहत बितरण गरिएको छ । दैनिक ज्याला मजदुरी गर्नेका लागि कोरोना भाइरसले निम्त्याएको महामारीले झनै मुस्किल बनाइरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै सुनसरीको दुहबीमा पनि राहत बितरण गर्दा झडप हुन पुगेको छ भने एक दर्जन भन्दा बढी घाइतेसमेत हुन पुगेका छन् । राहत वितरणमा अनियमितता गरेको […]

पर्वतका हरिप्रसाद शर्मा ७ वर्षदेखि सम्पर्कविहीन

मलेसिया । पकुवा– ९ पर्बतका हरिप्रसाद शर्मा ७ वर्षदेखि मलेसियामा बेपत्ता छन् । ७ बर्स पहिला मलेसियाको 1-2-2 jalan 3/50 diamond square business center of jalan combak 5300 kuala lumpur मा सुरक्षागार्डको रुपमा काम गर्दै आएका शर्मा हालसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएका छन् । अहिलेसम्म सम्पर्क नभएपछि परिवारका सदस्य उनको खोजीकार्य गरिदिन विभिन्न निकायमा […]

राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन् देशबासीको नाममा सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा भइरहेका कामबारे नेपाल टेलिभिजन र रेडियो नेपालमा देशवासीलाई सम्बोधन गरेकी हुन्। अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन। बाहिरबाट संक्रमित भएर आएकालाई […]

कोरोनाको जानकारी लिन प्रहरीको मोबाइल एप

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जानकारी लिनका लागि नेपाल प्रहरीले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यसअघि अपराध, हिंसा तथा दुर्घटनाबारे प्रयोगकर्ताहरुबाट जानकारी लिन प्रयोगमा ल्याएको ‘नेपाल पुलिस मोबाइल एप’ लाई नै अपडेट गरिएको हो । योसँगै एप प्रयोगकर्ताले कोरोना भाइरस सम्बन्धी सूचना प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् । लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू […]

छैटौं कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षिया बृद्धा १९ वर्षिया किशोरीको आफन्त

काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी […]

प्रदेशसभा सदस्यले दिए स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेभसाइटमार्फत उजुरी दिएका हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने अन्य काममा व्यस्त भएकाले अनलाइनमा उजुरी आए नआएको […]

कोरोना सम्बन्धी स्वास्थ्य सामग्री ल्याउने ठेकेदार कम्पनी ओम्नीको ठेक्का खारेज

काठमाडौं । कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तीको गर्नका लागि ठेक्का पाएको कम्पनी ओम्नी समूहको ठेक्का खारेज गरिएको छ । सरकारले ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद भएको र महंगो मूल्यामा खरिद गरेको भन्दै बुधबार सम्झौता खारेज गरेको छ । ओम्नी समूहले पर्ने मूल्यभन्दा दशौं गुणा महंगोमा सामान आपूर्ति गरेको हुँदा समूहले राखेको पाँच करोड […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]