
" />
काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारमा तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको कारण पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको कारोनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो । अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो । सनसीटीमा पाँचवटा […]
बीरगञ्ज । वीरगञ्जमा तीन जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमित तीनै जना भारतिय नागरिक रहेका छन् । संक्रमित तीनै जना नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । छकपैया यतिनखानामा शरण लिएर बसिरहेका तीनै जनाको सम्र्पकमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीको घोषणा गरेको एक महिना पूरा भएको छ । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको यो भाइरसको कारण अहिलेसम्म एक लाख तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ११ मार्चमा माहामरी घोयाणा भएपछि विश्वभर केके भए ? प्रमुख घटनाहरु यस्ता छन् । १. […]
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । यससँगै उसले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड– १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो […]
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई ४ हजार टेस्ट किट र ५ सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ । संघले दक्षिण कोरिया शाखाबाट उक्त सामग्री संकलन गरी शुक्रबार नेपाल सरकारलाई बुझाएको जनाएको छ ।
काठमाडौं । एक लाख जनाभन्दा बढीको ज्यान लिएको नोबल कोरोना भाइरस (कोभिड–१९) महामारीसम्बन्धी थुप्रै रहस्य खुल्न बाँकी छ । अहिलेसम्म औषधि मात्रै पत्ता नलागेको होइन, कोरोना कसरी सर्छ भन्नेमा समेत विज्ञहरूका विभिन्न धारणा छन् । नेपालमा फेला परेका नौ संक्रमितमध्ये एकजनामा मात्रै स्थानीय स्तरमा कोरोना सरेको देखिन्छ । विदेशबाट आएका पुरुष संक्रमितको परिवारकै सदस्य ३४ […]
काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ । दक्षिण एसियाका देशहरुमध्ये अहिलेसम्म भारतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । यो संख्या अरु देशहरुभन्दा धेरै मृत्यु हुनेमा अगाडि पर्छ । त्यस्तै पाकिस्तानमा अहिलेसम्म ६६ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ […]
काठमाडौं । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय भएको डेढ घन्टामै परिवर्तन भएको छ । केन्द्रीय सरकारको निर्णय प्रदेश सरकारहरुले विरोध गरेपछि आफ्नो निर्णयमा डेढ घण्टामै परिवर्तन गर्नुपरेको बताइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान […]