" /> Nepali News – Page 9 – News of Global
यौन दुव्र्यवहारको आरोपमा मन्त्रीले दिए राजिनामा

काठमाडौं । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ । उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । […]

आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले यहि आईतबार पाँचौं र्याली अफ होप आयोजना गर्ने भएको छ । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको ¥याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक […]

एलन मस्क विश्वकै धनीको पहिलो स्थानमा

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]

मंगलग्रहमा यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’

एजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासाको मंगल ग्रहमा पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ ले मंगल ग्रहको कलर फोटो पठाएको छ। ट्वीटका गर्दै यसले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी साझा गरेको छ। https://youtu.be/aJJrdv_eyZQ यस रोवर पर्सिवरेन्सले यसै फेब्रुअरी महिनामा सामाजिक सञ्जाल ट्विटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोअर्स भइसकेका छन्। यसको होम पेजमा […]

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रकृयाको प्रारम्भ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन।आर।एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, […]

परिवार दलका अध्यक्ष ढकाल र भारतका पूर्व प्रधानमन्त्री एच.डी.देवगौडा बीच भेटबार्ता

काठमाण्डौ । तीन दिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडासंग मङलबार भेटबार्ता गर्नु भएको छ । नयाँ दिल्ली स्थित पूर्व प्रधानमन्त्री निवासमा भएको भेटमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको भेटमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए । भेटमा दुइ […]

दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको बिकास हुदै

काठमाण्डौ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौति र अवसरहरु बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । सो अवसरमा बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका बताउनु भएको […]

ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी ग-यो पक्राउ पुर्जी

बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो । ३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए । मुहान्दिसबारे छानविन गरिरहेको […]

भट्टराईसँग चिनियाँ उपमन्त्री गुओ यैचोबीच भेट

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]