" />

काठमाडौँ । यति एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज पोखराको नयाँ र पुरानो विमानस्थलको बीचमा पर्ने सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो । विमान अवतरण […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्योतिशीले जुराएको साइतमा सरकारी निवास बालुवाटार सरेका छन् । साँझ पौने ७ बजे प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो । उनलाई प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्यले बालुवाटारको सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । गंगा प्रचण्डको स्वकीय सचिव समेत हुन् । चाबी लिने बेला […]
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवाले गगनकुमार थापालाई ३९ मतको अन्तरले विजयी भएका छन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका थिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा […]
काठमाडौं । समानुपातिक निर्वाचन पद्धतितर्फबाट पनि पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेताहरु नै प्रतिनिधिसभामा प्रवेश गर्ने भएका छन् । ४ मंसिरको चुनावमा समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सांसद संख्या किटान गरी दलहरुसँग नामावली माग गरेको थियो । आयोगले मागेअनुसार शनिबार अपरान्ह नामावली बुझाएका दलहरुले यसअघि संसदमा पटक पटक अवसर पाएका, मन्त्री भइसकेका […]
काठमाडौं । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल हुनुभएको छ । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङ्गले नगद रू. १० लाख […]
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर […]
काठमाडौं । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट भाषा र डिजाइन देवनागरीमा नभएको भन्दै विवाद भएपछि रोकिएको भए पनि अब भने नफेरिने निर्णय भएको छ । सरकारले प्लेडको जडानलाई सुरुकै अवस्था र प्रक्रियाबाट अघि बढाउन निर्देशन दिएको छ । यसअघि भाषा र डिजाइन बदल्न भन्दै सरकारले गृहकार्य अघि बढाए पनि सम्भव नहुने निष्कर्ष निकाल्दै पुनः पहिलेकै निर्णयअनुसार […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड ९सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड०लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो। राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र […]
दोहा, कतार । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारले एनआरएनए आइसिसी पुर्व अध्यक्ष एवं संरक्षक जिवा लामिछाने, एनआरएनए एनसीसी कोरियाका अध्यक्ष दिपक पुन र जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेलाई स्वागत गरेको छ । फुटबल विश्वकपको सन्दर्भमा कतारमा आएका ब्यक्तित्वहरुलाई कतारमा उपलब्ध आईसिसि पदाधिकारी, एनसीसी पदाधिकारी, सदस्य एवं एनआरएनए अभियन्ताहरुको उपस्थितिमा स्वागत […]