" /> Main News – Page 31 – News of Global
कांग्रेसले वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूहलाई अनिवार्य गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । […]

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित […]

दोदामा बाढी, तीन दर्जन घर डुबानमा

कञ्चनपुर । लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । आज बिहान २ः०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा […]

टुहुरेको निधनमा माओवादी अध्यक्षद्वारा शोक व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रणी योद्धा जेबी टुहरेको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज शोक वक्तव्य प्रकाशित गर्दै झण्डै आधा शताब्दिभन्दा बढी समय नेपाली जनवादी गीत, सङ्गीतमार्फत जनताको मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने जनगायक टुहरेप्रति श्रद्धाञ्जलि अर्पण […]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले […]

महोत्तरीका आधा दर्जन नदीमा बाढी

जलेश्वर । विगत दुई दिनदेखि महोत्तरी जिल्लामा मुसलधारे पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । हिजो बिहानदेखिनै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाको सबै नदीमा बाढी आएको छ । जिल्लाका धेरैजसो गाउँठाउँमा […]

उपत्यकामा १० दिनदेखि फोहर थुप्रियो, अझै निकास निस्किएन

काठमाडौँ । काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन् । गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन । महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ । महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन् । नियमितरुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ […]

तनहुँमा औषधिजन्य बिरुवा खेतीको विस्तार

तनहुँ, । तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ । चार दशकअघि व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ । व्यास नगरपालिका–५ पाटनका ८६ वर्षीय केबी गुरुङले जागीर छोडेर २०३६ सालदेखि […]

एमाले एकताको अस्त्र : ‘१० बुँदे सहमति’

काठमाडौँ । नेकपा ९एमाले०भित्रको विवाद मिलाउन अध्यक्ष केपीशर्मा ओली र मध्यमार्गीधारमा रहेका स्थायी कमिटीका सदस्यको नयाँ समझदारी पछि सो पार्टीका केन्द्रीय सदस्य मनकुमारी केसीले आफ्नो भावना यसरी व्यक्त गर्नुभयो, “एकताका लागि लाग्ने अविचलित यात्रीहरूमा धन्यवाद र बाधाई ।” नेतृ केसीले केहीदिन अघि गृहजिल्ला बाग्लुङको गल्कोटस्तरीय भेलामा विवादित दुवै पक्षलाई उपस्थिति गराएर एकताको पहल पनि गर्नुभएको […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]