" /> Main News – Page 64 – News of Global
कोरोनाबाट नेपालमा एकै दिन ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । पर्सामा दुई जना कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । […]

भोलिबाट सवारीसाधनमा जोर र विजोर गरेर प्रणाली लागू

काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले न्यूज अफ ग्लोबललाई जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर […]

प्रहरी हेडक्वाटरमा कोरोना आतंक, ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो समय प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण धमाधम देखिन थालेको छ । पछिल्ला नौ दिनमा मात्रै प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये ७२ जनालाई कोरोना भाइरस पुष्टि भैसकेको छ । प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्र्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए । कठायतका अनुसार उपत्यकासहित देशभर आइतबार बिहानसम्म […]

काठमाडौंबाट फर्किएका तनहुँका एकजनामा कोरोना पुष्टि

पोखरा । काठमाडौंबाट हालै फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब […]

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

गोरखाको लापुमा पहिरो जाँदा नौली खोला थुनियो, ८० घरधुरी जोखिममा

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीय बिरवल गुरुङले बताए । ‘हिजो बेलुकी सात बजेदेखि पहिरो खस्न शुरु गरेको हो,’ उनले भने, ‘माथि डाँडाबाट खसेको पहिरो गएर खोलामा थुप्रियो, राति दश बजेतिर लापु गाउँको मापु भन्ने ठाउँमा खोला […]

सर्वसाधरणको दुःखले मलाई विक्षिप्त बनायोः हाँस्यकलाकार श्रीकृष्ण सिंखडा

काठमाडौं । कतिपय कलाकार पर्दामा सर्वसाधारणको दुःख पीडाका कुरा गर्दछन् । तर, वास्तविक जीवनमा त्यतातिर खासै नगर लगाएको पाइँदैन । कतिपय कलाकार यस्ता पनि छन्, जो सर्वसाधारले गरिरहेको काममा नजिकबाट नियालिरहेका हुन्छन् । यस्तै कलाकार मध्यका एक हुन्–श्रीकृष्ण सिम्खडा । हास्यकलाकारको रुपमा परिचित सिम्खडाले यो लकडाउनको समयमा मजदुरको दुःख पीडा बुझ्न उनीहरुसँग नै मिलेर केही […]

सार्वजनिक यातायातको मनपरी, एकैदिन परे २ सय ६३ कारवाहीमा

काठमाडौं । सरकारले गत असार १ गतेदेखि लकडाउन खुकुलो गर्दैैै सुरक्षा सावधानी अपनाउँदै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले विभिन्न माग अघिसार्दै बस सञ्चालनमा असहयोग गर्दै आएका थिए । गत सोमबारदेखि भने बस सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका छन् । साथै मन्त्रिपरिषद्को बैठकले भदौदेखि लामो स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै बस […]

श्रीमती हत्याको आरोपमा जेल परेका रञ्जन छुटेकै दिन सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए । कोइरालाको सजाय घटाउने […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]