" /> Main News – Page 70 – News of Global
नेकपा नेता हंसलाल राजवंशीको निधन

झापा । नेकपाका प्रदेश सदस्य झापा मेचीनगरका स्थानीयबासी हंसलाल राजवंशीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । तत्कालीन दुहागढी गाविसका उपाध्यक्ष समेत रहेका नेता राजवंशी स्थानीय क्षेत्रमा लोकप्रिय, सरल र मिलनसार थिए । आइतवार बिहान १० बजे देउनिया घाटमा […]

रोकियो डेढ सय कामदारको शव, ५८ जनाको दाहसंस्कार विदेशमै

विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका १४९ जना भन्दा बढी नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ । आफन्तको मृत्यु भएर पनि शव नआएपछि मृतकका परिवार थप पीडामा छन् । विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ । अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ । यस्तो बेला नेपाल र्फकन रोइकराइ गरिरहेका श्रमिक त फर्कन पाएका […]

उठ नेपाली, जुट नेपाली भन्दै आए हरिराम परियार

काठमाडौं । पछिल्लो समय नेपाल–भारत सीमा विवादले जताततै नेपालीको रगत तताइरहेको बेलामा गायक हरिराम परियारले पनि सांगीतिक अभियान मार्फत गीत लिएर आएका छन् । सबै नेपालीलाई उर्जा थप्न र नेपाली राष्ट्रियता र स्वाभिमानको रक्षाका लागि एकजुट हुन गीतमार्फत गायक हरिराम उत्रिएका हुन् । सिमा अतिक्रमण गरेर लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेपछि नेपालको तर्फबाट नयाँ […]

डा.बाबुराम भट्टराईले भनेः केपी ओली राष्ट्रवादी बन्न नक्सा सार्वजनिक गरे

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले भने– नेपालीलाई अरिंगाल सेना भनेर केपी ओलीले परिमाणित गरे । प्रधानमन्त्रीले मुलुकको काम गर्न छाडेर अरिलंगाल सेना लगाएर हाम्रो उछितो काड्न लगाउनुभएको एभिन्यूज टेलिभिजनमा राजेन्द्र बानियाँसँगको अन्तरवार्तामा डा.भट्टराईले भनेका छन्– कोरोनाको महामारीतिर हामी नखिटएर सीमाको कुरा उठाउन थाल्यौं भन्दै उनले मुलुकमा सीमामा जम्मा भएका […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो, संक्रमित संख्या ४४४

काठमाडौं । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । यसअघि मिडियामा मृत्युका खबर आउँदा उनी जीवितै भएको अस्पतालले विज्ञप्ति जारी गरेको थियो । तर भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको […]

कोरोनाबाट ज्यान जानेको संख्या २ पुग्यो

काठमाडौं । बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको देवकोटाले बताए । ‘गएराति स्वास्थ्यमा समस्या भयो । ज्वरो झाडापखालालगायत समस्याहरु उनमा देखिएको र आज बिहान ६ बजेर ४० मिनेटमा उहाँको निधन भएको छ’, […]

बाँकेको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बुटवल । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । नरैनापुर(५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई […]

प्रेदश ५ को नाकामा १६ सय नेपाली अलपत्र

बुटवल । स्वदेश फर्किन पाउने प्रतीक्षामा प्रदेश ५ का जिल्लाको भारतसँगको सीमावर्ती क्षेत्रमा १६ सय जना नेपाली रहेको प्रमुख जिल्ला अधिकारीहरुले दावी गरेका छन् । यो संख्या ६ जिल्लाका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेका नेपालीको आधिकारिक तथ्यांक हो । लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या दिनहुँ बढेको […]

वकिलले किन लगाउँछन् कालो कोट ? कानूनलाई किन अन्धो भनिएको हो ?

काठमाडौं । वकिलले किन लगाउँछन् कालो कोट ? यो रहस्यमय विषय हो । कालोलाई नराम्रो पनि मान्ने गरिन्छ तर न्याय दिने मान्छेले नै कालोकोट किन लगाउँछन ? हामीले वकिललाई देखेका छौं । वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]